नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पाचौ पंखु कप वडा स्तरिय खुला भलिवल प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज कातिक १०, मानेभञ्ज्याङ्ग जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ मा पाचौ पंखुकप वडा स्तरिय भलिवल प्रतियोगिताको सुरु भएको छ । वडा स्तरिय भलिवल प्रतियोगिताको प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गा प्रदेश सभा ख का सांसद माननिय मोहन कुमार खड्काले मंगलबार उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै माननिय सांसद खड्काले पछिल्ला दिनमा मानेभञ्ज्याङ्ग गाउँपालिकाले खेलकुदको क्षेत्रमा धेरै प्रगती गरेको बताए । नियमित खेलकुदले स्वास्थ्यलाई समेत फाईदा गर्ने भन्दै सांसद खड्काले मानेभञ्ज्याङ्ग गाउँपालिकाको खेलकुदको विकासका लागि लगानी गर्दै आएको र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विगत पाँच वर्षदेखी पंखु जनमञ्चले आयोजना गर्दै आएको प्रतियोगिताको यो पाचौं संस्करण हो । पाचौं संस्करणमा १७ ओटा टिमले सहभागीता जनाएका छन् । प्रतियोगिताका विजयी टिमले नगद रु ४० हजार, सिल्ड र प्रमाणपत्र, उपविजेताले रु २५ हजार नगद, शिल्ड र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही रु ७ हजार ५ सय नगद र प्रमाणपत्र उपलब्ध गराईने प्रतियोगिताका खेल संयोजक युवन राईले जानकारी दिए । प्रतियोगिता कातिक १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।