नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शनिवार पनि सेवा दिदै मन्थली वाणिज्य बैंक

ओखलढुङ्गान्युज असोज २३, मन्थली यस वर्षको वडा दशैंको अबसरमा राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले विदाको दिन पनि ग्राहकलाई सेवा दिएको छ । हिन्दू नेपालीहरुको महान चाड वडादशैंको अबसरमा हुनसक्ने सेवाग्राहीको चाप र सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै विदाको दिन पनि सेवा दिएको हो ।

बडादशैंको बेला बैंकमा कारोबार गर्न टाढा देखी सेवाग्राही आउने भएकोले उहाँहरुको सुबिधालाई मध्यनजर गर्दै विदाको दिनपनि कार्यालय सञ्चालन गरेर सेवा दिईएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक मुकेश दाहालले जानकारी दिनुभयो । शाखा प्रबन्धक दाहालका अनुसार मन्थली शाखाले दशैं अगाडी विदाको दिन विहान १० बजेदेखी दिउसो २ बजेसम्म र विदाको दिन बाहेक अरु दिन विहान ९ बजे देखी बेलुकी ५ बजेसम्म सेवा प्रदान गरिरहेको छ । बैंकले स्थानीय प्रशासनसँग समन्वय गरेर विदाको दिन पनि कार्यालय सञ्चालन गरेको दाहालले बताउनुभयो ।

विदाको दिन वाहेक अरु दिन ८ घण्टा सम्म र विदाको दिनमा पनि ४ घण्टा सेवाग्राहीहरुलाई सेवा दिईरहेकोले बैंकमा सेवाग्राहीको चाप घटेको छ । कोरोना संक्रमणलाई समेत पनि मध्य नजर गरेर सेवाग्राहीको भिडलाई कम गराउन विदाको दिन पनि सेवा दिईएको शाखा प्रबन्धक दाहालले बताउनुभयो । विदाको दिनमा पनि राष्ट्रिय वाणिज्य बैंकको सेवा पाउदा सेवाग्राही खुशी भएका छन् ।

विदाको दिन पनि कार्यालय सञ्चालन भएकोमा सेवाग्राही खुशी भएका छन् । विदा नभएसम्म अपिसको काम गर्न पर्यो । विदा भएर आउदा बैंक पनि बन्द भएर समस्या हुने गरेकोमा शनिवार पनि बैंकले सेवा दिएकोमा आफूलाई खुशी लागेको रामेछाप नगरपालिका १ गोठगाउँकी सावित्रा श्रेष्ठले बताईन् । त्यस्तै शनिवार पनि बैंक खुलेर आफुले सेवा पाएकोमा खुशी लागेको सालुका जेष्ठ नागरिक राम बहादुर मगरले वताए । “अरु दिन भिड हुन्थ्यो । भिडमा उभिबस्न सकिन्न । शनिवार पनि बैंक खुल्छ भन्ने थाहा पाएर आए । चाडै पैसा पाए । लाईनमा उभिबस्नु पनि परेन, बैंकलाई धन्यवाद”, मगरले भने ।