नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो

ओखलढुङ्गान्युज । असोज २३, काठमाण्डौं । नेपाल प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पद गरि ६ सयको संख्यामा मा दरखास्त आह्वान गरेको हो ।

प्रहरी प्रधान कार्यालयको सूचना अनुसार  ३ सय ६७ जना प्रहरी सहायक निरीक्षकमा माग गरिएको छ । त्यस्तै प्राविधिक प्रहरी जवानतर्फ २ सय २८ जनाको माग भएको छ । सूचना अनुसार प्रहरी सहायक निरीक्षकका लागि ३ सय रुपैया  र प्रहरी जवानलाई १ सय ५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ।

प्रहरीले खुलाएको उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैं सकिनासाथ प्रहरीले नयाँ भर्ना लिन लागेको हो ।