नेपाली समय Loading...२०८२ भाद्र ५ बिहीबार

मैत्रिपूर्ण फुटवल प्रतियोगितामा प्रहरीको जित

ओखलढुङ्गान्युज असोज १९, ओखलढुङ्गा नेपाल प्रहरीको ६६औं वार्षिकोत्सवको अबसर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगीतामा आयोजक नेपाल प्रहरीको टिम विजयी भएको छ । आफ्नो वार्षिकोत्सवको अबसर पारेर प्रहरीले मंगलबार नेपाल प्रहरी र सिद्धिचरण नगरपालिका–पत्रकारका बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी बन्दना राईले पेनाल्टी प्रहार गर्दै उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरीको टिमले नगरपालिका सम्बद्ध टिमलाई १–० गोलले पराजित गरेको थियो । खेलको पहिलो हाफको २७ औं मिनेटमा नेपाल प्रहरीको तर्फवाट भएको गोल नै मैत्रिपूर्ण फुटवल प्रतियोगिताको निर्णायक गोल बनेको थियो ।

नेपाल प्रहरी स्थापनाको वार्षिकोत्सवको अबसर पारेर सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु प्रहरीले सञ्चालन गरिरहेको छ । सोहि कार्यक्रम अन्तर्गत छैठौं दिन मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल प्रहरी र नगरपालिकाका नागरिक, पत्रकार तथा कर्मचारीका बिच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै बुधबार औपचारीक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाउने तयारी छ । सप्ताहव्यापी कार्यक्रमको समापनको दिन फुटबल प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने प्रहरीले जनाएको छ ।