नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

ओखलढुङ्गान्युज । असोज १७, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अखिल क्रान्तिकारीको जारी २२ औं राष्ट्रिय सम्मेलनवाट सिंह अध्यक्ष बनेकी हुन् ।

जारी अधिबेशनमा अध्यक्ष पदको नेतृत्व टुङ्गो लाग्न नसकेपछि नेतृत्व टुङ्गो लगाउने जिम्मा पार्टीका अध्यक्ष प्रचण्डलाई जिम्मा दिइएको थियो । जस अनुसार आईतवार विहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

अखिल क्रान्तिकारीको जारी २२ औं राष्ट्रिय अधिबेशनमा अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आईतवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटार पुगेका नेतालाई प्रचण्डले पञ्जालाई अध्यक्षमा चुनेको सुनाएका थिए । अध्यक्षमा सिंह चयन भएको आधिकारीक घोषणा हुन भने बाकी रहेको छ ।