नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

साफ च्याम्पियनसीप फुटबल ः बंगलादेशको विजयी सुरुवात

ओखलढुङ्गान्युज । असोज १७, काठमाण्डौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा शनिवार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।

शनिवार भएको खेलमा बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । श्रीलंकाका खेलाडी डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएका थिए । एक खेलाडीले रातो कार्ड पाएर मैदानवाट बाहिरिएसँगै श्रीलंका १० खेलाडीमा समेटिएको थियो । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।