नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चम्पादेवीमा अरनिको यातायातको बस दुर्घटना, २ घाइते

ओखलढुङ्गान्युज । असोज १६, ओखलढुङ्गा । शनिबार विहान ओखलढुङ्गाको चम्पादेवी गाउँ पालिकामा अरनिको यातायातको बस दुर्घटना भएको छ । चम्पादेवी गाउँपालिका वडा नं. ६, घोराखोरीको भदौरेमा बा १ ख ९३०४ नम्बरको बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

बस दुर्घटना हुँदा चम्पादेवी गाउँ पालिका वडा नं ६ का अन्दाजी ५६ वर्षका मिन बहादुर खड्का र बसका सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिए । घाइते भएकाहरुलाई उद्दार गरि प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा उपचार गरिएको छ । घाइते भएका खड्काको अबस्था गम्भिर भएकोले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउन लागेको स्थानीय यादव थापाले जानकारी दिए ।

लामो समय पश्चात घोराखोरी आएको उक्त बस बाटो चिप्लो भएको कारण भदौरेमा नै रोकिएको थियो । रोकिराखेको बसलाई शनिवार विहान काठमाडौँ जान स्टार्ट गरेर फर्काउने क्रममा चिप्लिएर दुर्घटना भएको पाइएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । बर्षात यामको निरन्तर वर्षातका कारण अबरुद्ध रहेको काठमाडौँ घोराखोरी सडक केहिदिन देखि सन्चालनमा आएको थियो ।