नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रहरीको सहयोगमा रमाईलोडाँडामा यात्रु सहायता कक्षा सञ्चालन

                                                                                                                                                                                                          तस्वीर ः राज

ओखलढुङ्गान्युज । असोज १४, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका वडा नं. ११ को रमाईलोडाँडामा ओखलढुङ्गा प्रहरीले विहिबारवाट यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । रमाईलोडाँडा आसपासमा सवारी साधनको चाप पनि बढि हुने र चाडवाडको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने समस्याको तत्काल हल गर्नका लागि भन्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याईएको हो । प्रमुख जिल्ला अधिकारी वन्दना राईले यात्रु सहायता कक्षाको विहिबार उद्घाटन गर्नुभएको हो ।

यात्रु सहायता कक्षाको उद्घाटन पश्चात जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले यात्राको क्रममा आइपरेका कुनैपनि समस्यालाई यात्रुहरुले सहायता कक्षामा राख्न सक्नेछन् । प्रहरी प्रमुख काफ्लेका अनुसार गाडी सञ्चालकले लिने बढि भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सकिने छ ।

चाडवाडमा सवारी साधानमा यात्रा गर्ने यात्रुहरु ठगीन नपरोस् र दुर्घटनाको जोखिमलाई समेत कम गर्ने लक्ष्यका साथ यात्रु सहायता कक्षा सञ्चालन गरेको प्रहरी प्रमुख काफ्लेको भनाई छ । सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र प्रहरीको संयुक्त पहलमा सिद्धिचरण राजमार्गका ५० भन्दा बढि स्थानमा ट्राफिक संकेत बोर्ड राख्ने काम समेत थालिएको छ ।