नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाको वार्षिक साधारण सभा सम्पन्न

ओखलढुङ्गान्युज । असोज ११, काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन भन्ने मूल नाराका साथ वार्षिक साधारणसभा कार्यक्रम काठमाण्डौंको रकचिल्ली क्याफे सितापाईलामा सम्पन्न भएको हो ।

साधारण सभा कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, प्रदेश नं. १ का संयोजक पुष्कल शर्मा, विशिष्ट अतिथी बरिष्ठ गायक नवीन ढुङ्गेल, बल बहादुर परियार लगायतले शुभकामना मन्तब्य राखेका थिए । आउदै गरेको हिन्दूहरुको महान् चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना समेत दिदै बक्ताहरुले कोरोना संक्रमणको त्रासका कारण कलाकारहरुको कला र गला निमोठेको बताएका थिए । कोरोना संक्रमणको त्रासका कारण कलाकारहरु खुम्चीएर बस्नु परेको भन्दै कलाकारहरुको हितका विषयमा समेत सरकारले चासो दिनुपर्ने बताएका थिए ।

साधारण सभा कार्यक्रममा कलाकारहरुले आफ्नो कलालाई प्रदर्शन गरेका थिए । जिल्लामा नै गर्नुपर्ने साधारण सभा कार्यक्रम कोभिड संक्रमणको त्रासका कारण शहरमा गर्नु परेको भन्दै महामारीको त्रासका बिचपनि कलाकारहरु जोगिएर कला र गलाको माध्यमवाट नागरिकहरुलाई मनोरञ्जन मार्फत सचेत गराउनुपर्नेमा सहभागीहरुले जोड दिएका प्रतिष्ठानका ओखलढुङ्गा अध्यक्ष गायीक सपना सुनामले जानकारी दिईन् ।