नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कांग्रेस अधिबेशन अपडेट ः नगरपालिकामा प्रेमराज गुरुङको प्यानल विजयी

ओखलढुङ्गान्युज असोज , ओखलढुङ्गा नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नगरपालिकाको सभापति पदमा प्रेमराज गुरुङले १ सय २२ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै सभापति पदका अर्का उम्मेदवार निवन्ध श्रेष्ठले भने ९८ मत मात्र प्राप्त गरेका छन् । नगरपालिकामा रहेको २ सय २३ मत मध्ये २ सय २० मत मात्र खसेको ओखलढुङ्गा कांग्रेसले जनाएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा निर्वाचित गुरुङको प्यानल वर्तमान सभापति प्रदिप सुनुवारका खेमाका हुन् भने श्रेष्ठको प्यानल जिल्ला सभापतिका प्रत्यासी बालकृष्ण दाहालको खेमाका हुन् ।