नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कांग्रेस ओखलढुङ्गा स्थानीय तह अधिबेशन अपडेट

ओखलढुङ्गान्युज असोज , ओखलढुङ्गा नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्लाका आठओटै स्थानीय तहमा अधिबेशन जारी रहेको छ । शनिवार साँझसम्म जिल्लाका ८ स्थानीय तह मध्ये ३ ओटा स्थानीय तहमा भने पालिकाको नेतृत्व सहमतीमा टुङ्गिएको छ ।

सहमती मार्फत जिल्लाको लिखु गाउँपालिकामा कुमार सुवेदी, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर र खिजिदेम्बा गाउँपालिकामा राम सुनुवार निर्वाचित भएका छन् । त्यस्तै चिशंखुगढी गाउँपालिकामा भने निर्वाचन मार्फत गोपालमान थापा निर्वाचित भएका छन् । चिशंखुगढीका थापा बाहेक खिजिदेम्बा, चम्पादेवी र लिखु गाउँपालिकामा निर्वाचित सभापति वर्तमान वडा अध्यक्षहरु हुन् ।

त्यसैगरि यो समाचार तयार पार्दै गर्दा मतदान सकाएर एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने मतगणना भैरहेको छ । मत गणनाको कार्य सुरुभएकोले १ घण्टा भित्र नै मत परिणाम आउने नेपाली कांग्रेस ओखलढुङ्गाका सचिब रुद्र प्रसाद अधिकारीले बताए । जिल्ला सचिब अधिकारीका अनुसार सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकामा भने यो समाचार तयार गर्दैगर्दासम्म सहमतीको प्रयास भैरहेको छ ।

यदी आज (शनिवार) सहमती नभएमा दुवै स्थानीय तहमा आईतवार मतदान हुने जिल्ला सचिब अधिकारीले बताए । शनिवार रातिसम्म सहमतीका लागि अन्तिम प्रयास हुने तर उम्मेदवारहरु सहमतीमा आउने सम्भावना कम देखिएकोले आईतवार मतदान हुनसक्ने उनले बताए ।