नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मोलुङ स्टार युवा क्लवले बडा दशैमा खसी कप व्याडमिन्टन प्रतियोगिता गर्ने

ओखलढुङ्गान्युज असोज , रामपुर आज (शनिवार) मोलुङ गाँउपालिका वडा नं. २ मा मोलुङ स्टार युवा क्लवको उद्घाटन गरिएको छ । मोलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टंक कार्कीले क्लब स्थापनाको उद्घाटन गरेका हुन् ।

क्लब स्थापना दिवसको अबसर पारेर क्लबले शनिवार मोलुङ गाउँपालिकाको वडा नं. २ रामपुरमा रहेको सहिद पार्क तथा हटिया लाग्ने क्षेत्र र पार्क आसपासमा सरसफाई कार्यक्रम समेत सञ्चालन गरेको छ । सामाजिक हितका क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न सहभागीता गराउने उद्धेश्यले क्लवको स्थापना गरेको र स्थापना भएको अबसर पारेर बजार आसपास क्षेत्रमा सरसफाईको कार्यक्रम सञ्चालन गरेको क्लबका सचिब गोपाल नेपालले बताए ।

स्थापनाको अबसर पारेर सहिद पार्क रहेका सालिक तथा गुरु लुईटेलको सालिक भएको स्थान वरपर सरसफाई गर्नुका साथै सहिदहरुको सालिकमा माल्यार्पण समेत गरेका थिए । क्लबको स्थापनाको अबसरमा आयोजित एक औपचारीक कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले मोलुङ गाउँपालिका वडा नं. २ को विकास र समृद्धी सगै समग्र मोलुङ गाउँपालिकालाई नै विकास र समृद्धीमा अगाडी लैजान क्लबको नेतृत्वदायी भूमिका रहोन् भन्ने शुभकामना ब्यक्त गरेका थिए । आगामी दिनमा वडाले यस क्लबसँगको सहकार्यमा कार्यक्रम गर्ने प्रतिबद्धता समेत जनाए ।

क्लबले स्थापना दिवसको अबसर पारेर आयोजना गरेको सरसफाई कार्यक्रम पश्चात आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली हिन्दूहरुको महान् चाड बडा दशैको अबसरमा खसी कप डबल ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ । असोज २१ गते देखी २३ गतेसम्म हुने प्रतियोगितामा खेलाडीहरु भने मोलुङ गाउँपालिका भित्र स्थायी ठेगाना भएको वा मोलुङ गाउँपालिका कार्यक्षेत्र भएका कार्यालय तथा संघ संस्थाका व्यक्तिहरुले मात्र प्रतियोगितामा सहभागीता जनाउन पाउने क्लबले जनाएको छ । प्रतियोगिताका विजेताले खसीका साथै प्रमाणपत्र र उपविजेताले भालेका साथै प्रमाणपत्र पाउने क्लबका अध्यक्ष जीवन मगरले बताए ।