नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

शुक्रबार प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण, २५६ जना निको

ओखलढुङ्गान्युज असोज , विराटनगर प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा ९ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ११ र ६ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरानमा १६, इनरुवा र रामधुनीमा ३–३, बराहक्षेत्र, हरिनगर, दुहवी र गढीमा १–१, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ७, बेलबारीमा ४, उर्लाबारीमा २, रंगेली, लेटाङ र बुढीगंगामा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा २, मांसेबुङ र चुलाचुलीमा १–१, धनकुटाको महालक्ष्मी र पाख्रिबासमा १–१, ओखलढुङ्गाको सुनकोशी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा शुक्रबार पछिल्लो २४ घण्टामा २ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय २९ महिला र १ सय २७ जना पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।