नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

शुक्रबारवाट टुङ्गियो बजेट होलिडे

ओखलढुङ्गान्युज । असोज ७, काठमाण्डौं । करीब ९ देखि अबरुद्ध रहेको सरकारी खर्च गर्ने बाटो शुक्रबारवाट खुला भएको छ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको हो ।

प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाएपछि नयाँ सरकारले ल्याएको बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि बजेट होलडे अर्थात सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजी सहित विरोधका बावजुद पनि विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।

बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन । राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै विनियोजन विधेयक अब ऐन बनेको छ । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए ।  उनले आर्थिक वर्ष २०७८र०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।