नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १५ मा झ¥यो

ओखलढुङ्गान्युज असोज , ओखलढुङ्गा जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १५ मा झरेको छ । आईतवार ९ जना संक्रमितले भाइरस संक्रमणलाई जितेसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ रहेको हो ।

आईतवार ओखलढुङ्गामा खिजिदेम्बा गाउँपालिकाका ७ जना र सुनकोशी गाउँपालिकाका २ जनाले कोरोना भाईरस संक्रमणलाई जितेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकरी दिए । सूचना अधिकारी पन्तका अनुसार आईतवार नै लिखु गाउँपालिकाका १ जना ४० वर्षिया कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १६ पुगेको छ ।

जिल्लामा पछिल्लो दिनमा कोरोना संक्रमणको दर घटेसँगै परीक्षणको दायरालाई पनि कम गरिएको छ । परीक्षणका क्रममा पनि न्यून संख्यामा मात्र संक्रमित देखिदा स्वास्थ्य मापदण्डका पूर्णतः पालना गर्न अनुरोध गर्दै जिल्ला कोभिड १९ संक्रमण व्यबस्थापन समितिको बैठकले जिल्लाका सबै विद्यालयहरुलाई भौतिक उपस्थितीमा पठनपाठन गराउन अनुमती दिएको छ ।