नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज असोज , ओखलढुङ्गा आईतवार ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लिखु गाउँपालिका वडा नं. ५ यसमका ४० वर्षिया महिला रहेकी छन् ।

कोरोना संक्रमित ति महिलालाई केहिदिन देखी स्वासप्रश्वासमा समस्या भएपछि लिखु गाउँपालिकाको वडा नं. ६ मा रहेको अस्थायी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरि उपचार भैरहेको थियो । उपचारका क्रममा उनको आईतबार मृत्यु भएको लिखु गाउँपालिकाका सूचना अधिकारी दिनानाथ चौधरीले जानकारी दिए ।

योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । लिखु गाउँपालिकामा भने पहिलो केस भएको सूचना अधिकारी चौधरीले जानकारी दिए । लिखु गाउँपालिकामा अहिले सक्रिय कोभिड संक्रमितको संख्याभने शुन्य छ ।