नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चीनमा भूकम्प, कम्तिमा तिनजनाको मृत्यु, सयौं घाईते

ओखलढुङ्गान्युज । भदौ ३१, काठमाण्डौं । विहिबार विहानै चीनमा भूकम्प गएको छ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भुकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ सयौ घाइते भएका छन्।

भूकम्पमा परि घाईते भएकाहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको चीनीया समाचार संस्था सिन्ह्वा न्युजले जनाएको छ । समाचार अनुसार त्यहाँका दर्जनौं घरहरु समेत भत्किएका छन् ।

बिहीबार बिहान पृथ्वीको १० किलोमिटर गहिराइबाट ६ म्याग्निच्युडको भुकम्प गएको चीनीया समाचार संस्थाहरुले जनाएका छन् । भुकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ । घटनाको बारेमा विस्तृत विवण भने आउन बाकी नै रहेको छ ।