नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मन्थलीको बोक्सेमा बोलेरो दुर्घटना, ओखलढुङ्गाका ३ जनाको मृत्यु

ओखलढुङ्गान्युज । भदौ ३१, काठमाडौँ । विहिबार विहान मन्थलीको बोक्सेमा बोलेरो गाडी दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुङ्गा तर्फ जादै गरेको प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थलीस्थित बोक्सेको भिरबाट खसेको थियो ।

बोलेरो दुर्घटनामा परि ओखलढुङ्गा खिजिदेम्बा गाउँ पालिका वडा नं. ६ का ३ जनाको घटास्थलमै मृत्यु भएको छ भने १जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका वडा नं. ५ का वाङ्छे शेर्पा, लाक्पा शेर्पा, चालक वाङ्छि शेर्पा रहेका छन् । गम्भीर घाइते हुनेमा १२ बर्षका पेम्बा शेर्पा रहेको रामेछापबाट पत्रकार नवराज पथिकले जानकारी दिए ।

बोलेरो दुर्घटनामा परि गम्भिर घाइते बालकलाई काठमाडौं लागिएको छ । पथिकका अनुसार दुर्घटनामा परि गम्भिर घाइते भएका शेर्पाको टाउकोमा गम्भिर चोट लागेका कारण मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको हो । शेर्पालाई मन्थली नगरपालिकाको एम्बुलेन्समा काठमाडौं पठाइएको हो । बोलेरो दुर्घटनाको कारणबारे केहि खुलेको छैन ।