नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रोकिएको जनगणनाको काम सुरु

ओखलढुङ्गान्युज । भदौ ३०, काठमाण्डौं । १२ औं राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु हुँदैछ । जनगणनाको पहिलो चरणमा आज (भदौ ३०) देखि घर तथा परिवार सूचीकरणको काम सुरु गर्न लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

घर तथा परिवारको सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका पशु चौपाया बस्तुको संख्या समेत लिइनेछ ।

घरपरिवारको बैंक खाता रहेरनरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिएरनलिएको लगायतका विवरण समेत समेटिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणको काम आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणनाको काम भने कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।