नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चिशंखुगढी चिनाउने गितको छायांकन सुरु

ओखलढुङ्गान्युज भदौ २३, ओखलढुङ्गा जिल्लाको चिशंखुगढीलाई चिनाउने गरि तयार गरिएको गितको छायांकनको कार्य सुरु भएको छ । प्रबासमा बसेर पनि गाउँको माया गर्दै आफ्नो गाउँलाई संसारभर चिनाउने लक्ष्यका साथ तयार गरिएको चिशंखुगढी गाउँपालिकाको चिनारी गितको छायांकनको काम सुरुवात गरिएको हो ।

आफ्नो पालिकाको चिनारी गितमा पालिकाका सबै स्थानको मौलिकतासँगै धर्म, संस्कृती, परम्परा र भूगोललाई समेट्ने गरि गितको छायांकन भैरहेको स्थानीय कृष्ण खतिवडाले जानकारी दिए । गीतको छायांकनका लागि सिनेमाटोग्राफर प्रबेश राईको नेतृत्वमा टोली रहेको रामजी तामाङले जानकारी दिए ।

गीतको शब्द तथा लय भने चिशंखुगढी गाउँपालिका वडा नं. ७ गैरीका रमेश श्रेष्ठको रहेको छ । श्रेष्ठ लामो समयदेखी बैदेशीक रोजगारका क्रममा प्रबासमा रहेका छन् । गीतमा स्वर भने जिल्लाकै चर्चित कलाकारहरुको रहेको उनले बताए ।