नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शोमबार ओखलढुङ्गामा थपिए ७ संक्रमित, ६ जना निको

ओखलढुङ्गान्युज । भदौ २१, ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा ७ जना कोरोना संक्रमित थपिएका छन् । शोमबार पछिल्लो २४ घण्टामा २७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

शोमबार संक्रमण पुष्टि हुनेहरुमा सिद्धिचरण नगरपालिकाका ३ जना र सुनकोशी गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । थपिनेहरुमा ३ पुरुष र ४ महिला रहेका छन् ।

सुचना अधिकारी पन्तका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शोमबार थपिएसगै जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार १ सय ४४ पुगेको छ । संक्रमित भएका मध्ये २ हजार ६२ जना कोरोना मुक्त भैसकेका छन् । 

हाल जिल्लामा ६१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ५८ जना होम आइशोलेसनमा र ३ जना संस्थागत आइशोलेसनमा रहेको पनि जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।