नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कक्षा १२ को परीक्षा भदौ ३० देखी

ओखलढुङ्गान्युज भदौ १७, काठमाण्डौं कोरोना संक्रमणको त्रासका कारण अबरुद्ध हुदै आएको कक्षा १२ को परीक्षा भदौ ३० गतेवाट  हुने भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने जनाएको हो ।

समय तोकेर पनि यसअघि स्थगित भएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि परीक्षा बोर्डले गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै उक्त परीक्षालाई पनि स्थगित गरिएको थियो ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । त्रिभूवन विश्वविद्यालयले समेत विद्यार्थीको भौतिक उपस्थितीमा नै परीक्षा सञ्चालन गरिसकेको अवस्थामा कक्षा १२ को परीक्षा सञ्चालन नभएको भन्दै राष्ट्रिय परीक्षा बोर्डलाई दबाब सृजना भएको थियो । परीक्षा सञ्चालनका लागि भन्दै सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई प्रबेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

परीक्षाको रुटिन :