नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

माओवादी केन्द्र लिखु–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा ललित पौडेल

ओखलढुङ्गान्युज भदौ १३, काठमाण्डौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लिखु–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा ललित पौडेल चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार भएको भेलाले पौडेल अध्यक्ष र तिलक सुनुवार सचिव रहनेगरि २१ सदस्यीय नयाँ सम्पर्क मञ्चको चयन गरेको हो ।

त्यस्तै शनिवारको भेलाले १७ सदस्यीय वाईसीएल लिखु–काठमाण्डौं सम्पर्क मञ्चको समेत चयन गरेको छ । जसको अध्यक्षमा पुजन खड्कार सचिवमा अनिल कार्की रहेका छन् । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई विघटित गर्दै सर्वोच्च अदालतले छुट्टाछुट्टै पार्टी रहेको फैसला गरेपछि माओवादी केन्द्रले आफ्ना संगठनहरुको निर्माण र पूनर्गठनलाई तिब्रता दिएको हो ।

संगठन निर्माण र पूनर्गठनको क्रममा माओवादी केन्द्रले केहिदिन अगाडी लिखु गाउँपालिकाका वडा नं. १ र २ मा पार्टी संगठन र वाईसीएलको नयाँ कमिटि फर्मेसन गरेको थियो । त्यस्तै आईतवार लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरमा समेत पार्टी कमिटि र वाईसीएल संगठनको पूनर्गठन गरेको छ ।

माओवादी केन्द्रका स्थायी कमिटि सदस्य पेशल खतिवडा, १ नं. प्रदेश कमिटिका ईञ्चार्ज राजेन्द्र बस्नेत, १ नं. प्रदेश अध्यक्ष धुर्ब कन्दावाङ, ओखलढुङ्गा जिल्ला ईञ्चार्ज बाबुराम गौतम, प्रदेश सदस्य चम्पा कार्की लगायत नेताहरुको विशेष उपस्थितीमा सम्पर्क मञ्चको गठन गरिएको माओवादी केन्द्रले जनाएको छ ।