नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लघुकथा : प्रमुख अतिथी

कलम साहित्य

ओखलढुङ्गान्युज । भदौ ९, ओखलढुङ्गा । सुरुवात दिनको क्रान्ती सबैमा शिक्षा नै थिएछ । पढालेखा ब्यक्तीहरु अन्य अबसर प्राप्त गरेपनी ती अबसरलाई त्याग्दै गाउँमा शिक्षक हुन जादा रहेछन । गाउँका युवा तथा बालबालिकालाई शिक्षाको ज्योती बाट बन्चित नगराउन प्रयासरत हुदा रहेछन । २०२५–२०३० साल सम्म नेपाली शिक्षकको अभाबमा दार्जिलिङबाट शिक्षक ल्याउने चलन रहेछ । पछि बिस्तारै नेपाली शिक्षकले अध्यापन गराउनु थाले । एकजना त्यस्तो शिक्षक जो सबै बिषय पढाउन सक्थे ।

समयको कालखण्डमा एउटा विद्यालय त्यो बस्ती कै अत्यन्त नाम चलेको बिध्यालय बन्न सकेछ । धेरै बिधार्थीहरु उत्पादन भएर देशको गरिमामय ठाउँमा पुगेछन् । देश बिदेशमा पनि नाम कमाएछन् । कति डाक्टर भए, कति इन्जिनियर भए । कति सरकारी सेवामा आबद्व भए त, कति व्यापार ब्यबसायमा लागे । अनि कति चाहिँ कानुन ब्यबसायी बनेछन । तीनै पात्रहरु मध्ये राजनितीमा पनि लागेको एकजना पात्रले गाउँमा सहकारीको योजना लिएर गएर प्रमुख अतिथी बनेछ ।

कार्यक्रममा उसलाई पढाउने शिक्षक पनि सहभागी भए । गाउँमा सहकारी आउदा सहभागी नहुने कुरा भएन । ती शिक्षकले आफ्नै बिधार्थीलाई नमस्कार गरे । अनि हात लम्क्याए हात मिलाउनु । तर आज प्रमुख अतिथी भएको हिजोको त्यही शिक्षकको बिधार्थीले हात मिलाएन । गाउँ मै बसेको शिक्षक झुत्रे झाम्रे थियो । कपडा चहकिला थिएनन् । गुरुले झुत्रो मैलो नै खाडीका दौरा लगाएका थिए । तर बिचार चहकिला थिए । उस्को खल्ती रित्तो थियो । तर दिमाग भरिभराउ थियो । उ बाट बिचारहरु उकुस मुकुस भएर प्रस्फुटित हुन्थे । उसलाई जतिले चिने सम्मान नै गरे । जतिले चिनेनन् उसलाई तल्लो स्तरको सम्झे ।

त्यो भेगमा उसले सुरु गरेका काम धेरै छन् । उ कम्युनिष्ट को सुरुवाती कार्यकर्ता । अझ त्यो भेगमा कम्युनिष्ट को बिजारोपण गर्ने ब्यक्ती । सहकारीको कार्यक्रममको प्रमुख अतिथी पनि कम्युनिष्ट  नै थियो । उ सोच्थ्यो कि, जब सम्म त्यो मास्टरलाई तल पार्दिन, म राजनितीमा अगाडि पुग्नु सक्दिन । पञ्चायत कालमा केन्द्रीय नेताहरुको सेल्टर उनै शिक्षकको घर थियो । प्राय केन्द्रीय नेतासंग शिक्षकको राम्रो सम्बन्ध थियो । तर त्यो बिधार्थी आफ्नै शिक्षक को बिरुद्वमा नेताहरुको कान भर्दथ्यो । नेताहरुलाई आफ्नो पक्षमा पार्न अनेक तिग्डम गर्दथ्यो । अन्ततः उपभोक्ताबादी कम्युनिस्टहरुबाट टाढा पुगेर हरे कृश्ण हरे राम भन्दै दिन चर्या बिताउने ती भुपू शिक्षक आजको कम्युनिष्ट  चरित्रलाई नियाल्दै आफ्नै बिधार्थी (जो उसलाई पछार्न सफल भएको छ) उसैलाई आशीर्वाद दिदैछन ।

सबैलाई खदा माला र कुर्सिको मोह हुदैन । सबैलाई पदमा नै पुग्नु पर्छ भन्ने पनि हुदैन । अल्पज्ञानिलाई पद, कुर्सी, खदा, माला प्यारो हुन्छ । बिचार र नेतृत्वदायी क्षमताले भन्दा अन्य कुराले जब नेता बन्ने चलन स्थापित हुन्छ, कथा र पात्र उही बृत्तमा घुमिरहेका हुन्छन । कम्युनिष्ट  राजनिती जनतामा केन्द्रीत हुन्थ्यो रे । अहिले परिवारमा केन्द्रीत हुदैछ ।

उहिले कम्युनिष्ट  राजनिती बिचारमा केन्द्रीत हुन्थ्यो रे । अहिले खोइ के के मा अल्झेको छ रे । उहिलेको कम्युनिष्ट राजनिती अग्रजलाई सम्मान गर्ने हुन्थ्यो रे । अहिलेको राजनिती खोइ के के मा घुमेको छ रे  । उहिलेको कम्युनिष्ट राजनिती बर्गिय प्रेमको हुन्थ्यो रे । अहिले त बर्ग परिबर्तन भएको छ रे । यसैगरि समाजबादी कम्युनिष्ट होइन, पूँजिबादी कम्युनिष्ट उन्मुख, नीतिबादी कम्युनिष्ट होइन ब्यक्तिबादी कम्युनिष्ट बन्दै जादैछ रे । सुद्धिकरणको कुरा एकादेसको कथा भयो रे । चरित्रको कुरा गर्नै हुन्न रे । कम्युनिष्टहरु खै किन हो यस्तै यस्तै हुदैछन् रे ।