मोटरसाईकल दुर्घटनामा सोलुका एक युवकको मृत्यु
ओखलढुङ्गान्युज । साउन २७, ओखलढुङ्गा । बुधबार विहान मोटरसाईकल दुर्घटनामा परि ओखलढुङ्गामा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलु दुधकुण्ड नगरपालिका वडा नं. १ का २८ वर्षिय युवक मुधुछिरिङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
बुधबार विहानै सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारमा लु ६५ प ८०७० नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । विगुटारबाट मोलुङ गाउँपालिकाको रामपुरतर्फ जादै गरेका युवक चढेको उक्त मोटरसाईकल विगुरटारको तल्लोभिरवाट करिब ३ सय मिटर तल खसेको थियो । भिरमा मोटरसाईकल सहित खसेका शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।
शेर्पाको शबलाई प्रहरीले रुम्जाटार अस्पतालमा लगि पोष्ट मार्टम गराएको छ । पोष्ट मार्टम पश्चात शेर्पाको शबलाई आज नै परिवारलाई बुझाइएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।