नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नयाँ तिज गित ‘जिन्दगानी आखिर के रैछ र’ सार्वजनिक

ओखलढुङ्गान्युज । साउन २७, काठमाण्डौं । हिन्दू नेपाली नारीहरुको चाड तिजलाई क्षित गरेर नयाँ तिज गित ‘जिन्दगानी आखिर के रैछ र’ बोलको गित सार्वजनिक भएको छ । उक्त गितलाई एबीएस म्युजिक प्रालिले आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको हो ।

गितमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष सपना सुनाम सहित सातजनाले स्वर दिएका छन् । सार्वजनिक भएको म्युजिक भिडियोमा समेत गायक सातै जनाले रोल प्ले गरेका छन् ।

नेपाली हिन्दू नारीहरुको वास्तविक घटनामा आधारित उक्त गितको शब्द संयोजन अमृत भारतीको र संगती भने आरके नेपालीको रहेको छ । नेपाली नारीहरुको कथालाई समेटेर निर्माण गरिएको उक्त तिजगितलाई हेरेर सुझाब उपलब्ध गराईदिन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष सपना सुनामले आग्रह समेत गरेकी छिन् ।

गीतलाई यहाँवाट पनि सुन्न सकिन्छ :