नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा खुकुलो बनाउदै निषेधाज्ञा १५ दिन थपियो, के के मा खुकुलो ?

ओखलढुङ्गान्युज । साउन १४, ओखलढुङ्गा । ओखलढुङ्गामा निषेधाज्ञाको अवधि दुई हप्ता थप भएको छ । विहिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयले निषेधाज्ञालाइ दुई हप्ता अर्थात साउन २९ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि विहिवार राती १२ बजे सकिदै थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसिसीएमसीको बैठकले निषेधाज्ञालाइ दुई हप्ता लम्ब्याउने निर्णय सहित यातायात तथा गोष्ठि बैठक सन्चालनमा गर्न केहि सहजता बनाउने निर्णय गरेको छ ।

 

के के मा सहजता अनि के मा अझै प्रतिबन्ध ?