नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा बढ्दै कोरोनाका संक्रमित, बुधबार २४ थपिए

ओखलढुङ्गान्युज । साउन १३, ओखलढुङ्गा । पछिल्लो समय ओखलढुङ्गामा कोरोना संक्रमित हुनेहरूको संख्यात्मक दर वृद्धि हुन थालेको छ । साउनको पहिलो साताको तुलनामा पछिल्लो साता संक्रमणको दरमम बृद्धि भएको पाइएको हो । जिल्लामा बुधबार मात्रै २४ जना नया सङ्क्रमित थपिएका छन् । 

बुधबार २४ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या १ हजार ७ सय १२ पुगेको छ । बुधबार थपिएका संक्रमितहरुमा सिद्धिचरण नगरपालिकाका ८ जना, चिशंखुगढी गाउँपालिकाका २ जना, सुनकोशी गाउँपालिकाका ७ जना र मोलुङ गाउँपालिकाका ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै बुधबार ओखलढुङ्गामा ४८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमणबाट निको हुनेहरूको संख्या पनि १ हजार ३ सय ६८ पुगेको छ ।