नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गामा मंगलबार थपिए १४ संक्रमित

ओखलढुङ्गान्युज साउन १२, ओखलढुङ्गा ओखलढुङ्गामा मंगलबार १४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । मंगलबार ४७ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

मंगलबार थपिनेहरुमा सिद्धचरण नगरपालिकाका ९ जना र मोलुङ गाउँपालिकाका ५ जना रहेका छन् । मंगलबार १४ थपिएसँगै ओखलढुङ्गा जिल्लामा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १ हजार ६ सय ८३ पुगेको छ । त्यस्तै संक्रमित मध्ये मंगलबारसम्म १ हजार ३ सय २० जना संक्रमण मुक्त भएका छन् ।

मंगलबारसम्म ओखलढुङ्गामा अब ३ सय ५५ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित मध्ये ७ जना संस्थागत आइसोलेसन र ३ सय ४८ जना होम आईसोलेसनमा रहेका छन् ।