नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

मंगलबार देशका पाँच प्रदेशमा भिषण वर्षातको सम्भावना

ओखलढुङ्गान्युज । साउन १२, काठमाण्डौं । मंगलबार देशका अधिकांश स्थान अर्थात पाँच प्रदेशमा भिषण बर्षात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार प्रदेश १‚ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

भीषण वर्षाका कारण यी प्रदेशका विभिन्न क्षेत्रको पहाडी भेगमा भल, बाढी, पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । शोमबार राती देखी नै देशभरको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मंगलबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्का देखी  मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।