नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गाका ८ सहित प्रदेश १ मा थपिए कोरोनाका ११ सय २४ संक्रमित

ओखलढुङ्गान्युज साउन ११, ओखलढुङ्गा प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८ सय ४२ जनाको एन्टिजेन परीक्षणमा ५ सय ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, ओखलढुङ्गामा ८, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा शोमबार २ सय ९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय २१ म्हिला र १ सय ७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।