नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा कोरोना विरुद्धको जोनसन एण्ड जोनसन साउन १५ देखी

ओखलढुङ्गान्युज साउन ११, ओखलढुङ्गा कोरोना संक्रमणको त्रास र महामारी बढीरहेको बेला ओखलढुङ्गामा १९ हजार बढीले कोरोना भाईस विरुद्धको खोप लगाएका छन् । ओखलढुङ्गामा प्राप्त भएको खोप मध्ये १९ हजार १ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

फायल तस्वीर

ओखलढुङ्गामा हालसम्म २ हजार १ सय ४५ जनाले भेरोसिल र १७ हजार बढीले कोभिड सिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले बताए । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार पहिलो डोज खोप लगाएका मध्ये २ हजार १ सय जनाले भेरोसिल खोपको दोश्रो डोज खोप लगाईसकेका छन् । त्यस्तै कोभिडसिल खोप लगाएका करीब ५ सय जनाले मात्रै भेरोसिलको दोश्रो डोज लगाएका छन् ।

कोरोना संक्रमण फैलदै गर्दा कोरोना संक्रमण हुनवाट बच्नका लागि ओखलढुङ्गामा हाल करीब १६ हजार डोज खोप माग गरि पठाएको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताए । तिवारीका अनुसार ओखलढुङ्गाका लागि काभिडसिल १ हजार ७ सय, भेरोसिल ७ हजार र जोनसन एण्ड जोनसनको ७ हजार डोज माग गरिएको छ । माग गरिएका खोपहरु मंगलवारसम्म ओखलढुङ्गा आईपुग्ने र साउन १५ बाट नागरिकहरुलाई अर्को चरणको खोप लगाईने तिवारीले बताए ।

करीब १६ हजार नागरिकहरुलाई पुग्ने गरी खोप माग गरिएको भएपनि कति मात्रामा ओखलढुङ्गाका लागि खोप आउछ भन्ने कुरा शोमबारसम्म टुङ्गो भने लागेको छैन । मंगलबार खोप आईपुगेपछि जिल्लामा प्राप्त भएको आधारमा साउन १५ देखी जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयको तयारी छ ।