नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश १ का जिल्लामा खोप वितरण शुरु

ओखलढुङ्गान्युज साउन १०, विराटनगर शनिवारवाट प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । प्रदेशका १४ वटै जिल्लामा शनिबार देखि नै खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरुलाई वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । शाहका अनुसार आईतबारसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ । त्यस्तै शोमबारसम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शाहले जानकारी दिएका छन् । शाहका अनुसार भेरोसेल खोप लगाईसकेपछि मात्र जोनसन खोप वितरण शुरु गरिने छ । 

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाईने प्रदेश सरकारको तयारी छ ।