नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

आईतवार ओखलढुङ्गामा थपिए कोरोनाका १२ नयाँ संक्रमित

ओखलढुङ्गान्युज साउन , ओखलढुङ्गा ओखलढुङ्गामा आईतवार १२ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आईतवार १२ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १ हजार ६ सय ६१ पुगेको छ ।

आईतवार ओखलढुङ्गामा सिद्धिचरण नगरपालिकाका ४ जना र मोलुङ गाउँपालिकाका ८ जना गरी १२ जना संक्रमित थपिएका हुन् । आईतवार २४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

आईतवार नयाँ संक्रमित थपिएसँगै अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमित हुनेको संख्या ३ सय ५० पुगेका छ । सक्रिय संक्रमित मध्ये ७ जना संस्थागत र ३ सय ४३ जना होम आईशोलेसनमा रहेका छन् ।