नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा कोरोना संक्रमितको संख्या १६ सय ४९ पुग्यो

ओखलढुङ्गान्युज साउन , ओखलढुङ्गा ओखलढुङ्गामा शनिवार १३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । शनिवार १३ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १ हजार ६ सय ४९ पुगेको छ ।

शनिवार ओखलढुङ्गामा सिद्धिचरण नगरपालिकाका मात्रै १३ जना संक्रमित थपिएका हुन् । शनिवार ४८ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

संक्रमित भएका मध्ये १ हजार ३ सय १ जना निको भएर घर फर्किएका छन् भने ९ जना संक्रमितको मृत्यु भैसकेको छ । संक्रमित मध्ये अहिले ७ जना विभिन्न अस्पतालका आईसोलेसनमा र ३ सय ३५ जना होम आईशोलेसनमा बसी स्वास्थ्य लाभ गराईरहेका छन् ।