नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कोभिड विरुद्धको खोप लगाएका धादिङका एक बृद्धको मृत्यु

ओखलढुङ्गान्युज साउन , काठमाण्डौं विश्वमा महामारीको त्रास फैलाईरहेको कोभिड १९ विरुद्धको भ्याक्सिन जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक बृद्ध पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ६ का ७८ बर्षिय पुरुष रहेका छन् ।

कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका ती बृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

मृतकका परिवारका अनुसार खोप लगाएर आधाघण्टा रेस्ट गरी घर पुगेका उनी खोप लगाएको डेढ घण्टा पछि बेहोस भएका थिए । मृतक बृद्ध वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । बेहोस भएपछि उपचारका लागि उनलाई स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

डा. पौडेलका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसन खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा. पौडेलले बताए ।