नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बुधबार ओखलढुङ्गामा १६ जनाले जिते कोरोना, १० थपिए

ओखलढुङ्गान्युज । असार ३१, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा १६ जनाले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएका छन् । जिल्लाका अस्पताल तथा होम आइसोलेसनमा रहेका १६ जना संक्रमितले कोरोनालाई जितेका हुन् । 

बुधबार कोरोना संक्रमणबाट निको हुनेमा सिद्धिचरण नगरपालिकाका ५ जना, मोलुङ गाउँपालिकाका ११ जना रहेका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ हजार २ सय ८६ पुगेको छ ।

त्यस्तै बुधबार ओखलढुङ्गामा ११ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका ७ जना र मोलुङ गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।