नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मानेभञ्ज्याङ्गमा आगलागी, एक बालिकाको ज्यान गयो

ओखलढुङ्गान्युज साउन , ओखलढुङ्गा आईतवार दिउसो जिल्लाको मानेभञ्ज्याङ्ग गाँउपालिकाको एक गाई गोठमा आगलागी हुदा एक बालिकाको ज्यान गएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ मा रहेको स्थानीय भक्तिसरी राईको गाई गोठमा आगलागी हुदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माईती घर आएकी समिता राई खड्काकी चार बर्षिय छोरी धन कुमारी खड्काको जलेर ज्यान गएको हो ।

आगलागीमा परी बालिका सगै गोठ भित्र रहका दुईओटा गाई र चारओटा खसीबाख्रा पनि जलेर मरेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । गाईबस्तुलाई नियमित खोले पकाउने गरेको गोठमा सुकेको घाँसहरु रहेको र बालिकाले लाईटर खेलाउदा आगालागी भएको हुनसक्ने प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

आगलागीका कारण बच्चाको मृत्यु र केही पशुचौपाया मरेको जानकारी आएकोले प्रहरीको टोली घटनास्थल तर्फ पठाईएको पनि प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । घटनाको बारेमा थप विस्तृत विवरण भने आउन बाकी रहेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ५ स्थायी घर भएका मृतक बालिकाकी आमा, छोरी सहित केही समय अगाडी देखी माईतमा नै बस्दै आएकी थिईन् ।