नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

समयमा नै उपचार नपाउदा मोलुङका एक सुत्केरीको ज्यान गयो

ओखलढुङ्गान्युज साउन , प्राप्चा जिल्लाको मोलुङ गाउँपालिकामा शुक्रबार समयमा नै उपचार नपाउदा एकजना सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ पात्ले, वाख्रेकी वर्ष ३२ की सुनिता लामिछाने रहेकी छन् ।

सांकेतिक फोटो

सुत्केरी लामिछानेलाई विहिबार बेलुकी देखी नै सुत्केरी बेथा लागेको थियो । यसभन्दा अगाडी पनि दुईओटा बच्चा घरमा नै जन्माएकी लामिछानेले यसपटक पनि सामन्य रुपमा नै सुत्केरी हुने आशामा परिवारले समयमा नै कसैलाई खबर सम्म गरेनन् । शुक्रबार विहान सामान्य अबस्थामा नै बच्चा जन्माएकी ती महिलामा उच्च रक्तश्राब भएको थियो । उच्च रक्तश्राव भएपछि पनि ढिलो गरि छिमेकी थाहापाएका थिए ।

छिमेकीले थाहा पाउनसाथ सुत्केरीलाई उपचारको लागि पालिकामा रहेको स्वास्थ्य चौकीमा पुर्याएका थिए । सुत्केरीको अवस्था नाजुक र गम्भिर देखेपछि स्वास्थ्यचौकी प्राप्चाका स्वास्थ्यकर्मीहरुले सामुदायीक अस्पताल सोब्रुमा पठाएका थिए । तर अस्पताल लैजादै गर्दा सुत्केरीको बाटामा नै मृत्यु भएको मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए ।