नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कोपा अमेरिका फुटबलमा कोलम्बिया तेश्रो

ओखलढुङ्गान्युज । असार २६, काठमाण्डौं । कोपा अमेरिका फुटबल प्रतियोगितामा (शनिवार) आजको खेलमा पेरुलाई पराजित गर्र्दै कोलम्बिया  तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ गोलले पराजित गरेको हो ।

शनिवार भएको खेलमा कोलम्बियाको जितका लागि लुइस डियाजले दुई गोल गरे । निर्धारीत ९० मिनेटको खेलमा दुवै तर्फवाट २–२ गोल भएको अबस्थामा थपिएको इन्जुरी टाइममा कोलम्बियाका डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानकालागि खेलेका हुन् । सेमिफाईनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । अब फाइनल खेल आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।