नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

ओखलढुङ्गान्युज असार १४, ओखलढुङ्गा ओखलढुङ्गाका एकजना कोरोना संक्रमित पुरुषको शोमबार मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ३ का ३६ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा आज काठमाण्डौंको वीर हस्पिटलमा मृत्यु भएको हो ।

शारीरिक रुपमा अस्वस्थ र कोरोना संक्रमणको लक्षण देखिएपछि असार १ गते ओखलढुङ्गाको सामुदायीक अस्पतालमा उपचारका लागि ल्याईएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो । विरामीको अबस्था गम्भिर भएपछि सामुदायीक अस्पतालले काठमाण्डौं लैजान सिफारिस गरेको थियो ।

विरामीको अबस्था गम्भिर रहेका कारण अस्पतालले रिफर गरेपछि विरामीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको थियो । काठमाण्डौंको वीर अस्पतालमा उपचारको क्रममा शोमबार विहान मृत्यु भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।