नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

भेरोसिलको दोश्रो डोज असार २२ देखी

फाईल तस्विर

ओखलढुङ्गान्युज । असार १२, काठमाण्डौं । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसेल  खोपको पहिलो डोज लगाएका नागरिकहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइएको थियो।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागले असार १० गते एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको छ । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ ।

स्वास्थ्य विभागका अनुसार अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउनेछन । चिनियाँ भेरोसेल खोप पहिलो चरणमा ६० वर्ष देखी ६४ वर्ष उमेर समूहकालाई लगाईने सूचना जारी गराएर खोप लगाउन सुरुवात गरेको भएपनि नेता तथा दबाब र शक्तिको आधारमा आफन्तहरुलाई लगाएको भन्दै विरोध भएको थियो ।