नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पत्रकारीतामा विद्याबारिधी गर्नेलाई हलेसी तुवाचुङको छात्रबृत्ति

ओखलढुङ्गान्युज असार ११, खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का वार्षिक नीति तथा कार्यक्रम सगै आगामाी आ.ब.का लागि ५८ करोड १६ लाख २८ हजार चार सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । असार १० गते सम्पन्न नवौं नगरसभाले सर्वसम्मत उक्त नीति तथा कार्यक्रमसँगै बजेटलाई पारीत गरेको छ ।

विहिबार नै पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरपालिका क्षेत्र भित्रका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने नगरवासीलाई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख इवन राईले पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक वर्ष २०७८/७९ देखि नै छात्रवृत्ति उपलब्ध गराउने बताए । नगरपालिकाले स्थानीय तथा जिल्लाबाट प्रकाशित/प्रसारित सञ्चारमाध्यमलाई सहज तरिकाले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।