नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

विहिवारवाट सुरुवात भयो अन्तराष्ट्रिय उडान

ओखलढुङ्गान्युज । असार १०, काठमाण्डौं । आज अर्थात विहिबारवाट नेपालमा अन्तराष्ट्रिय उडान सुरु भएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि सुरु हुन लागेको हो ।

सरकारको निर्णय अनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि मात्रै आन्तरिक उडान खुल्नेछ । विहिबार आज पहिलो दिन दुईवटा मात्रै उडान हुनेछ । नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अर्को आदेश नभएसम्मका लागि उडान सुरु हुन लागेको हो । कुल संख्याको ५० प्रतिशत नबढ्ने गरी उडान भर्न सरकारले दिएको निर्देशन अनुसार नै व्यवस्थान प्राधिकरणले जनाएको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको छ ।