नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा असार १४ सम्म थपियो निषेधाज्ञा 

ओखलढुङ्गान्युज । असार ७, ओखलढुङ्गा । ओखलढुङ्गामा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । सोमबार बसेको जिल्ला covid19 संकट व्यवस्थापन समितिको निर्णयले निषेधाज्ञालाइ एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ बजे सकिदै थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसिसीएमसीको बैठकले निषेधाज्ञालाइ असार १४ गते राति १२ सम्म लम्ब्याउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञाको अवधिभर पुस्तक पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म खुला हुनेछन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु सरकारी विदा बाहेक सबै दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

स्टेशनरी, पुस्तक पसल र बैंक तथा वित्तीय संस्था बाहेक यो निषेधाज्ञा अवधीभर अत्यावश्यक कामबाहेकका सबै सरकारी काम समेत ठप्प हुनेछन् । अन्य कुराहरूको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट यसअगाडि जारी गरिएको सूचना अनुसार नै हुने जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।