नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

स्काउट दिवसमा ओखलढुङ्गामा बृक्षारोपण

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा नेपाल स्काउट सिद्धिचरण नगरपालिका तदर्थ समितिले शनिवार ओखलढुङ्गामा बृक्षारोपण गरेको छ । नेपाल स्काउटको ७० औं स्थापना दिवस को अबसरमा नगरपालिका तदर्थ समितिले सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पस र  सगरमाथा जनता माविको परिसरमा वृक्षा रोपण गरेको हो ।

कोरोना भाईरसको महामारीका कारण धेरै मानिसहरु जम्मा भएर कार्यक्रम गर्न नसकिएकोले केन्द्रको परिपत्र अनुसार नै समितिका पदाधिकारीहरु मात्रै जम्मा भएर विद्यालय र क्याम्पस परिसरमा बृक्षारोपण गरिएको नगरपालिका तदर्थ समितिका संयोजक बद्री धमलाले जानकारी दिए । धमलाका अनुसार विद्यालय र क्याम्पस परिसरमा स्थानीय वातावरणमा सुहाउदो विभिन्न प्रजातीका तिन दर्जन बढि विरुवाहरु रोपिएको छ ।

सन् १९०७  सालमा विश्वमा स्थापना भएको स्काउट र नेपालमा भने बि.सं. २००९ सालमा यसको अभियानको सुरुवात भएको थियो । नेपालमा स्काउटको स्थापनासँगै विभिन्न मानवीय सेवा मार्फत उत्साहजनक सांगठनिक विस्तार भइरहेको भएपनि केहि समयदेखी भने सुस्ताएको थियो । तर पछिल्ला दिनहरुमा स्काउटले सञ्जाल विस्तारलाई पुन तिव्रता दिएको छ । 

नेपाल स्काउटले आफ्नो सञ्जाललाई हाल रहेको सबै स्थानीय तहहरुमा विस्तार गर्ने गरि तदर्थ समितिको चयन गरेको छ । जस अनुसार ओखलढुङ्गा जिल्लाका सिद्धिचरण नगरपालिकामा पनि बद्रि धमलाको संयोजकत्वमा ९ सदस्य रहेको तदर्थ समितिको गठन गरेको छ ।