नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

वर्षातको वितण्डता ः देशभर १७ को मृत्यु २२ बेपत्ता

ओखलढुङ्गान्युज । असार ६, काठमाण्डौं । विगत केहिदिन देखी परेको अविरल वर्षात र त्यसपछि आएको वाढि पहिरो र डुवानका कारण देशभर गत १७ जनाको ज्यान गएको छ भने २२ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेको प्रहरीले जनाएको छ ।

फाईल फोटो

गत जेठ ३० गतेदेखि असार ५ गते शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको र अझै २२ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जना रहेका छन्।

१५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै परी १७ जना घाइते भएका छन् । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।