नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा प्रदेश सभाको कुल सांसद मध्ये ३१ जनाको समर्थनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

आज भएके मतदानमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको १, जनता समाजवादी पार्टीको २ सांसद र एक जना स्वतन्त्र सांसद गरि ३१ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेका २७ जना सांसदले मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् । ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।