नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मंगलबार ओखलढुङ्गामा थपिए ३१ संक्रमित

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा ओखलढुङ्गामा मंगलबार सिद्धिचरण नगरपालिकाका १६ जना सहित ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार गरिएको एन्टिजेन परीक्षणमा ओखलढुङ्गामा ३१ जना कोरोना भाईरसका नया संक्रमित थपिएका हुन् ।

मंगलबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १६ जना र मानेभञ्ज्याङ्ग गाउँपालिकाका १५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै ओखलढुङ्गामा मंगलबार २० जना कोरोना भाईरसका संक्रमित निको भएका छन् । निको हुनेहरुमा सिद्धिचरण नगरपालिकाका ७ जना, चिशंखुगढी गाउँपालिकाका १२ जना र लिखु गाउँपालिकाका १ जना रहेका छन् । मंगलवार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १ हजार १ सय ६४ पुगेको छ ।

संक्रमित मध्ये ५ सय ७५ जना निको भएका छन् भने हाल ओखलढुङ्गामा भाईरसका ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये २० जना संस्थागत आईशोलेसन र ५ सय ६२ जना होम आईशोलेसनमा रहेका छन्