नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा शोमवार ४२ निको हुदा २१ जना नयाँ संक्रमित थपिए

ओखलढुङ्गान्युज । जेठ ३१, ओखलढुङ्गा । ओखलढुङ्गामा शोमवार ४२ जना कोरोना भाईरसका संक्रमितहरुले कोरोना भाईरस संक्रमणलाई जितेर निको भएका छन् । शोमबार कोरोनालाई जितेर निको हुनेहरुमा चम्पादेवी गाउँपालिकाका ४० जना, सिद्धिचरण नगरपालिकाका १ जना र खिजिदेम्बा गाउँपालिकाका १ जना रहेका छन् ।

त्यस्तै शोमवार जिल्ला भर २१ जना नयाँ संक्रमित थपिएका छन् । शोमबार थपिनेहरुमा सिद्धिचरण नगरपालिकाका १५ जना, चिशंखुगढी गाउँपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै शोमबार थपिनेहरुमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका १ जना, सुनकोशी गाउँपालिकाका १ जना, चम्पादेवी गाउँपालिकाका १ जना र सोलुखुम्बुका १ जना रहेको पनि तिवारीले जानकारी दिनुभयो । आज थपिएका सबैको एन्टिजेन परीक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

ओखलढुङ्गामा मंगलवारसम्म ८ जना कोरोना भाईरस संक्रमितहरुको मृत्यु भईसकेको छ ।